अस्ट्रेलियाद्धारा कामदारको पक्षमा महत्वपूर्ण ऐन पारित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः8 months ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले कामदारको पक्षमा अर्को महत्वपूर्ण ऐन पारित गरेको छ । निकै लामो समयदेखि बहसमा रहेको राईट टु डिसकनेक्ट सम्बन्धि ऐन पारित भएसँगै कामदारले आफ्नो कामको समय सकेसँगै मोवाईल अफ गर्न सक्नेछन् अथवा हाकिमको फोन वेबास्ता गर्न पाइनेछ ।

यसले डियुटी सकेपछि पनि हाकिम तथा अफिसबाट अनावश्यक फोन तथा इमेल आए, त्यसलाई बेवास्ता गर्न सक्ने कानुनी अधिकार प्रदान गरेको छ । तर, आफ्नो रोजगारदाताले रोस्टर, कामको योजनाका बारे आफ्नो कामदारलाई फोन तथा इमेल गर्न भने सक्ने जनाईएको छ । राइट टु डिसकनेक्ट अभियानलाई यहाँका एक राजनीतिक दल अस्ट्रेलियन ग्रीन पार्टीले लामो समयदेखि आफ्नो एजेण्डा बनाउँदै आएको थियो ।

सो पार्टीकी सांसद बारबारा पोककले सरकारले यस ऐन पारित गरेसँगै कामदारलाई थप अधिकार प्रदान गरेको बताएकी छन् । कुनै पनि कार्यक्षेत्रमा काम गर्ने समय सकेपछि पनि अनाश्वयक झन्झट र मानसिक तनाब दिने जस्ता कार्य भए तत्काल फेयर वक कमिशनलाई रिर्पोट गर्न समेत उनले आब्हान गरेकी छन् ।

(Visited 28 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services