अस्ट्रेलियामा नेपाली समुदायको सँख्या बढ्नु सुखद्ः विदेशसहायक मन्त्री वाट्स
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारका सहायक विदेशमन्त्री टिम वाट्सले, अस्ट्रेलियामा नेपाली समुदायको बढ्दो जनसँख्यालाई लिएर खुशी व्यक्त गरेका छन् । नेपाल र अस्ट्रेलियाबीच शुक्रबार व्यापार तथा लगानी सम्बन्धी सम्झौतापछि, उनले अस्ट्रेलियामा नेपाली फास्टेस्ट ग्रोइलिङ समुदाय भएको टिप्पणी गरेका हुन् ।

नेपाल र नेपाली समुदायप्रति निकै नरम मानिने सहायक विदेशमन्त्री वाट्स, गतबर्ष नेपाल भ्रमणमा गएका थिए, जहाँ उनी, नेपाली कला संस्कृति, परम्परा र प्राकृतिक सम्पदाहरु देखेर प्रभावित भएका थिए । पर्थमा सम्पन्न व्यापार तथा लगानी सम्झौताले दुई देश बीचको सम्बन्ध जनस्तरसम्म पुगेको सहायक विदेशमन्त्रीको भनाई छ ।

‘अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ,’ सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले सामाजिक सञ्जालमा लेखेका छन् । व्यापार तथा लगानी सम्झौतापछि दुई देश बीच खुल्ला व्यापार र लगानीका परियोजनाहरु ऋघि बढ्नुका साथै सिधा हवाई उडानका लागि प्रक्रिया अघि बढ्नसक्ने अपेक्षा गरिएको छ ।

(Visited 24 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services