
सिड्नी । अस्ट्रेलियाको पर्थमा हुने सातौं हिन्द महासागर सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री एनपी साउदले भाग लिने भएका छन् । सम्मेलनमा अस्ट्रेलिया, न्यूजिल्याण्ड, भारत सहित महासागरले छोएका राष्ट्रहरुको सहभागिता छ । सम्मेलन सुरु हुनुअघि मन्त्री साउद पर्थ पुगेको नेपाली पक्षले जनाएको छ ।
उनी बुधबार साँझको फ्लाइटमार्फत पर्थ पुगेको रराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिए। परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मन्त्री साउदले फेब्रुअरी १० मा सम्मेलनलाई सम्बोधन गर्नेछन्।
सम्मेलनकै क्रममा उनले अष्ट्रेलियाका विदेशमन्त्री पेनी ओङसँग द्विपक्षीय भेटवार्ता गर्नछन्। उनी अष्ट्रेलियाबाटै न्यूजिल्याण्ड जानेछन्।परराष्ट्र मन्त्रालयका अनुसार १४ फेब्रुअरीमा न्युजिल्याण्डको विदेश मन्त्री विन्सटन पिटर्स र मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।
मन्त्री साउदसँग उनकी श्रीमती ज्योत्सना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरू भ्रणण टोलीमा छन्।परराष्ट्रमन्त्री साउद १५ फेब्रुअरीमा स्वदेश फर्कनेछन्।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services