अस्ट्रेलिडन डे मा १५ हजार आप्रवासीलाई नागरिकता
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । अस्ट्रेलियाले गत शुक्रबार, ७५ औँ अस्ट्रेलियन डेको अवसरमा १५ हजार भन्दा बढी आप्रवासीलाई नागरिकता प्रदान गरेको छ ।

विभिन्न चरण पार गर्दै अस्ट्रेलियन नागरिक बन्न योग्य १५ हजारलाई देशको विभिन्न भागमा आयोजित सिटिजन्ससिप शेरमनिका अवसरमा नागरिकता वितरण गरेको प्रधानमन्त्री एन्थोनी एलबनिजीद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । विगतको तुलनामा यो बर्ष उल्लेख्य मात्रामा नागरिकता वितरण गरिएको उनको भनाई छ । य

सरी अस्ट्रेलियन नागरिक बन्नेमा नर्सहरु सबैभन्दा बढी छन्, त्यसपछि शिक्षक, इन्जियिनर, सामाजिक कार्यकर्ताहरु छन् । धेरै भन्दा धेरै दक्ष र सीपमुलक विद्यार्थीहरुले अस्ट्रेलियालाई रोज्नु सुखद पक्ष रहेको भन्दै प्रधानमन्त्री एलबनिजीले राष्ट्रको थप विकास र उन्नतिमा उनीहरुको योगदान अमुल्य हुने बताएका छन् । ७५ बर्षको इतिहासमा ६० लाख आप्रवासीले अस्ट्रेलियन नागरिकता लिएका छन् ।

अहिले अस्ट्रेलियाको जनसँख्या दुई करोड ७० लाख पुगेको छ, जहाँ आप्रवासीको बृद्धिदर उच्च गतिमा बढेको छ । नागरिकता लिनेमा चिनियाँ नागरिक सबैभन्दा बढी छन्, त्यसपछि भारत, फिलिपिन्स, थाइल्याण्ड, नेपाल, पाकिस्तान, जापान, संयुक्त राज्य अमेरिका, उज्जेकिस्तान लगायत मुलुका नागरिक छन् ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services