गोल्डकोस्ट अन्तराष्ट्रिय फुटसलः कप्तान गौतमको ह्याट्रिकमा नेपालको सुधारिएको प्रर्दशन
✍
प्रकाशित मितिः3 years ago

सिड्नी। अस्ट्रेलियाको क्वीइनस्ल्याण्ड राज्यस्थित गोल्ड कोस्टमा जारी ‘गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल कप’ प्रतियोगितामा नेपालले दोश्रो खेलमा सुधारिएको प्रर्दशन गरेको छ ।

नेपालको प्रतिनिधित्व गर्दै एन्जल्स हार्ट स्कुल फुटबल क्लबले दोश्रो खेलमा अस्ट्रेलियाको इप्सविच सँग ११–४ को हार व्यहोरे पनि पहिलो खेलको तुलनामा सुधारिएको प्रर्दशन गरेको थियो । खेलमा क्लबका कप्तान अभिनम गौतमले ह्याट्रिक गरेका थिए भने टोलीका लागि मविन्द्र पुनले थप एक गोल फर्काएका थिए । नेपाल पहिलो खेलमा क्यारिना फुटसलसँग ९–१ हराएकोले पराजित भएको थियो जहाँ कप्तान अभिनमले नै गोल गरेका थिए ।समूह ‘सी’ रहेको एन्जल्स हार्टले अब दुई खेल खेल्न बाँकी छ ।

दुवै खेल जनवरी १९ तारिखमा छ । त्यस दिन एन्जल्स हार्टले इस्ट सिटी वुल्भ्स र बुन्दवर्ग वाइल्ड क्याट्सको सामना गर्ने र्कातालिका रहेको छ । देशको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा आफ्नो विद्यार्थीहरुले देखाएको बहादुरीपूर्ण प्रर्दशनले थप उत्साहित भएको विद्यालयका विद्यालयका खेलकुद संयोजक एवम् टोलीका व्यवस्थापक सुमन तिमल्सिनाले जानकारी दिए ।

 

(Visited 136 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services