गोल्डकोस्ट अन्तराष्ट्रिय फुटसलः कप्तान गौतमको ह्याट्रिकमा नेपालको सुधारिएको प्रर्दशन
प्रकाशित मितिः2 years ago

सिड्नी। अस्ट्रेलियाको क्वीइनस्ल्याण्ड राज्यस्थित गोल्ड कोस्टमा जारी ‘गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल कप’ प्रतियोगितामा नेपालले दोश्रो खेलमा सुधारिएको प्रर्दशन गरेको छ ।

नेपालको प्रतिनिधित्व गर्दै एन्जल्स हार्ट स्कुल फुटबल क्लबले दोश्रो खेलमा अस्ट्रेलियाको इप्सविच सँग ११–४ को हार व्यहोरे पनि पहिलो खेलको तुलनामा सुधारिएको प्रर्दशन गरेको थियो । खेलमा क्लबका कप्तान अभिनम गौतमले ह्याट्रिक गरेका थिए भने टोलीका लागि मविन्द्र पुनले थप एक गोल फर्काएका थिए । नेपाल पहिलो खेलमा क्यारिना फुटसलसँग ९–१ हराएकोले पराजित भएको थियो जहाँ कप्तान अभिनमले नै गोल गरेका थिए ।समूह ‘सी’ रहेको एन्जल्स हार्टले अब दुई खेल खेल्न बाँकी छ ।

दुवै खेल जनवरी १९ तारिखमा छ । त्यस दिन एन्जल्स हार्टले इस्ट सिटी वुल्भ्स र बुन्दवर्ग वाइल्ड क्याट्सको सामना गर्ने र्कातालिका रहेको छ । देशको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा आफ्नो विद्यार्थीहरुले देखाएको बहादुरीपूर्ण प्रर्दशनले थप उत्साहित भएको विद्यालयका विद्यालयका खेलकुद संयोजक एवम् टोलीका व्यवस्थापक सुमन तिमल्सिनाले जानकारी दिए ।

 

(Visited 134 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services