गोल्ड कोस्ट अन्तराष्ट्रिय फुटसल कपमा नेपालको हार
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

सिड्नी । अस्ट्रेलियाको क्वीइनस्ल्याण्ड राज्यस्थित गोल्ड कोस्टमा मँगलबारदेखि सुरु भएको ‘गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल कप’ प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै एन्जल्स हार्ट स्कुल फुटबल क्लबले सहभागिता जनाएको छ ।

समूह सी मा रहेको नेपालले मंगलबार करिना फुटसल अण्डर १५ सँग ९–१ गोल अन्तरले हार व्यहोरेको हो । फरक परिवेशमा खेल्दा खेलाडीहरु बीच तालमेलको कमी हुँदा नेपालले फराकिलो हार व्यहोर्नु परेको विद्यालयका खेलकुद संयोजक एवम् टोलीका व्यवस्थापक सुमन तिमल्सिनाले जानकारी दिएका छन् । नेपालका तर्फबाट एकमात्र गोल अभिनम गौतमले गरेका थिए ।

प्रतियोगिता अन्र्तगत नेपालले दोश्रो खेलमा बुधबार अस्ट्रेलियाको अर्को टोलीसँग खेल्ने कार्यतालिका रहेको छ । फुटसलको विभिन्न उमेर समूहमा नेपाल सहित भारत, बंगलादेश र न्यूजिल्याण्डको सहभागिता रहेको आयोजकले जनाएको छ । नेपाली टोलीमा आर्यन अधिकारी, निशान थापा, अभिनम गौतम, सौरव पुन, विपिश मल्ल, मविन्द्र पुन, किस्मत क्षेत्री र विपिन छन्त्याल छन् । नेपाली टोलीको प्रमुखमा एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन तथा व्यवस्थापकमा एन्जल्स हार्टका खेलकुद विभाग प्रमुख तिमल्सिना छन् ।

(Visited 35 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services