
सिड्नी । अस्ट्रेलियाको क्वीइनस्ल्याण्ड राज्यस्थित गोल्ड कोस्टमा हुने ‘गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल कप’ प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउदैछ । मंगलबारदेखि जनवरी २० सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन नेपालको तर्फबाट एन्जल्स हार्ट स्कुल फुटबल क्लबका खेलाडी, प्रशिक्षक र व्यवस्थापक कोल्ड कोस्ट पुगीसकेका छन् ।
समूह सी मा रहेको नेपालले मंगलबार पहिलो खेल करिना फुटसल अण्डर १५ विरुद्ध खेल्ने कार्यतालिका छ । प्रतियोगितालाई लिएर खेलाडीहरु उत्साहित रहेको र सकरात्मक नतिजा आउने आशा गरिएको विद्यालयका खेलकुद संयोजक एवम् टोलीका व्यवस्थापक सुमन तिमल्सिनाले जानकारी दिए । फुटसलको विभिन्न उमेर समूहमा नेपाल सहित भारत, बंगलादेश र न्यूजिल्याण्डको सहभागिता रहेको आयोजकले जनाएको छ ।

नेपाली टोलीमा आर्यन अधिकारी, निशान थापा, अभिनम गौतम, सौरव पुन, विपिश मल्ल, मविन्द्र पुन, किस्मत क्षेत्री र विपिन छन्त्याल छन् । नेपाली टोलीको प्रमुखमा एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन तथा व्यवस्थापकमा एन्जल्स हार्टका खेलकुद विभाग प्रमुख तिमल्सिना छन् ।अस्ट्रेलिया आइपुगेका टोलीलाई नेपालमा तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका शिक्षा शाखा प्रमुख पदमबहादुर खत्री, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, मानसिंह डोजोका प्रमुख महेश महर्जनलगायतले विदाई गरेका थिए ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services