
सिड्नी । नेपाली क्रिकेट टोलीका दुई स्टार खेलाडी कुशल मल्ल र दीपेन्द्र सिंह ऐरि अष्ट्रेलियामा सम्मानित हुने भएका छन् ।नेप्लिज एशोसिएसन अफ भिक्टोरिया (न्याभ)ले हरेक वर्ष आयोजना गर्ने म्याक्सिम्याक्स न्याभ कप टी–२० क्रिकेट प्रतियोगिताको अवसरमा उनिहरु सम्मानित हुने भएका हुन् ।न्याभले यस वर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई युवा खेलाडी दीपेन्द्रसिंह एरी र कुशल मल्ललाई विशेष सम्मान गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रतियोगिताको समापनसँगै २ नेपाली खेलाडीलाई सम्मान गरिन लागेको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले जानकारी दिएका छन् ।यसै वर्ष चीनमा सम्पन्न एसियाली खेलकुदका दौरान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका यी खेलाडीलाइ मेलवर्न आमन्त्रण गरी सम्मान गर्न लागिएको हो । मंगोलियाविरुद्द कुशलले ३४ बलमा शतक र दिपेन्द्रले ९ बलमा अर्धशतक प्रहार गरेका थिए ।

टि२० आईमा सर्वाधिक छिटो शतक र क्रिकेट इतिहाकै सर्वाधिक कम बलमा अर्धशतक थियो ।उनीहरुसँगै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द पनि अस्ट्रेलिया आउँदै छन् । न्याभ अध्यक्ष उप्रेतीका अनुसार चन्द अस्ट्रेलिया आएको समयमा क्रिकेट अस्ट्रेलिया र क्रिकेट भिक्टोरियाका पदाधिकारीसँग भेटघाट र कुराकानीका लागि प्रयास भइरहेको छ ।
१९औं संस्करणमा १७ टिमबीच प्रतिस्पर्धा हुनेछ । आइतबार मेलवर्नमा आयोजित कार्यक्रममा अर्काे सातादेखि सुरु हुने प्रतियोगिताको खेल तालिका निर्धारण गरिएको छ ।भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपाली समुदायबीच प्रतिस्पर्धात्मक क्रिकेटबाट एकीकृत गर्ने उद्देश्यले आयोजित प्रतियोगिता १४ जनवरीदेखि सुरु भएर १० मार्चसम्म सन्चालन हुनेछ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services