‘ए’ टोली बनाउने क्यानको घोषणा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गरेको छ, जहाँ ३० देखि ३५ वटा प्रतियोगिता आयोजना गर्ने प्रस्ताब गरिएको छ । तालिका अनुसार आइसिसी विश्वकप लिग २, टि२० आई सिरिज र ओडिआई सिरिजहरु छन् । सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी जस्ता अन्तर्राष्ट्रिय खेलहरु खेल्नेछन् ।

नेपालले फेब्रुअरी १० देखी १४ सम्म क्यानडासँग तीन खेलको ओडिआई सिरिज खेल्नेछ । त्यसपछि १७ देखी २४ फेब्रअरीसम्म नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच लिग २ को त्रिकोणात्मक सिरिज हुनेछ । एकदिवसीय त्रिकोणात्मक सिरिजपछि यी तिनै देशले फेब्रुअरी २७ देखी ५ मार्चसम्म टि२० आई त्रिकोणात्मक सिरिज पनि खेल्ने भएको छ । उक्त त्रिकोणात्मक सिरिज डबल राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

नेपालले लिग २ मा सेप्टेम्बरमा क्यानडामा गएर खेल्नेछ । क्यानडामा नेपाल र ओमान हुनेछन् । यस वर्ष अन्तिम लिग २ त्रिकोणात्मक सिरिज अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुनेछ ।

उक्त सिरिज अमेरिकामा हुनेछ ।नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक ‘ए’ टीम बनाउने घोषणा पनि गरेको छ । क्रिकेट संघका सचिब पारस खड्काका अनुसार आगामी प्रधानमन्त्री कपलगत्तै ए टीमको घोषणा गरिनेछ । राष्ट्रिय टीमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ए टीम एकदमै जरुरी भएको उनले बताएका छन् । उक्त ए टिमले आयरल्यान्ड ए सँग ५ एकदिवसीय र तीन टि२० खेल खेल्ने छ ।

भने क्यानडासँग पनि खेल्ने तय भएको छ ।क्यानका म्यानेजर विनोद दासले अन्डर १९ टिममा खेलेर अनुभव बटुलेका तथा राष्ट्रिय टीममा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई समेटेर ए टिम बनाइने बताए ।

 

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services