कहिले सुरु होला अस्ट्रेलिया–नेपाल सिधा हवाई उडान ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

सिड्नी । अस्ट्रेलिया–नेपाल सिधा हवाई उडानका लागि प्रक्रिया अघि बढेको लामो समय भएपनि, अझै टुगो पुग्न सकेको छैन् ।

नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा सिधा हवाई उडान सम्झौता भएको थियो भने त्यसको करिब चार बर्षपछि गत मार्चमा नेपाल वायुसेवा निगमले सिड्नी विमानस्थलमा हप्ताको दुईपटक बिहीबार र शनिबार अतवरण तथा उडानको समय पाएको थियो ।तर,नेपाली पक्षबाट माथिल्लो तहको कुटनीतिक पहल नहुदा सम्पूर्ण प्रक्रिया पुरा भएपनि अन्तिम अनुमति पाउन नसकेको हो ।

सिधा हवाई उडान नहुदा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र अभिभावबकहरु विभिन्न देशमा ट्राजिन्ट बनाएर नेपाल आउजाउ गरिरहेका छन् । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले केहि समयमै सिधा उडान सुचारु हुने बताएका छन् । अनुमतिका लागि अस्ट्रेलियन नागरिक उड्डयनलाई पत्राचार गरिसकेको भन्दै प्रवक्ता पौडेल छिट्टै अन्तिम अनुमति पाउने विश्वास व्यक्त गरेका छन् । निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अस्ट्रेलिया उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर उडान गर्ने तयारी भइरहेको निगमले जनाएको छ ।

(Visited 35 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services