सिड्नीमा चौथो ‘माघी’ महोत्सब हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । अस्ट्रेलियाको प्रमुख शहर सिड्नीमा चौथो ‘माघी’ महोत्सब आयोजना हुने भएको छ । थारु समुदायको महान पर्व माघीको अवसरमा थारु सोसाइटी सिड्नी अस्ट्रेलियाको आयोजनामा आगामी जनवरी १५ (माघ १) सोमबारका दिन एकदिने महोत्सबको आयोजना गरिएको हो । उच्च शिक्षा अध्ययन र रोजगारका सिलसिलामा अस्ट्रेलियामा रहेका थारु समुदायको साझा संस्था सोसाइटीले हरेक बर्ष माघी पर्वमा विशेष कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसबर्ष अझ भव्य रुपमा मनाउन महोत्सबको अवधारणा ल्याईएको सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिएका छन् । ‘ जनवरी १५ को अपरान्ह २ बजे बाट कार्यक्रम विटलाम पार्कमा हुने कार्यक्रमका लागि एकमहिनादेखि तयारी गरिरहेका छौँ’, उनले भने, ‘सबैको साथ र सहयोगले हामी उत्साहित भएका छौँ ।’

महोत्सबमा थारु समुदायको ऐतिहासिक र आकर्षक लाठी नाच, झुमरा नाच पनि प्रस्तुत गरिनेछ भने थारु समुदायका कलाकाहरुले नृत्य र साँगेतिक प्रस्तुती दिनेछन् । सोसाइटीका अध्यक्ष दिपनाराण चौधरीले महोत्सबमा साँगेतिक कार्यक्रमका अतिरिक्त थारु समुदायको परम्परागत ढिकरी, खिचरी, बंगुरको मासु, तिलको लड्डुको स्वाद लिन सकिने जानकारी दिए ।

‘प्रवासमा भएपनि हामीले नेपाल झै झल्को दिनेगरि कार्यक्रम गर्दैछौँ’, उनले भने । खुल्ला पार्कमा आयोजित कार्यक्रममा प्रवेश निशुल्क रहेका कारण सबैमा उपस्थितिका सार्वजनिक आब्हान गरिएको सोसाइटीले जनाएको छ ।

(Visited 47 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services