बालकुमारी घटनाको तत्काल छानविन गर्न निर्देशन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको घटनाको प्रधानमन्त्री प्रचण्डले जानकारी लिएका छन् ।शनिबार बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई बालुवाटार बोलाएर घटनाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई बताएका छन् ।प्रधानमन्त्रीले घटना आकस्मिक र दुस्खद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिए ।

(Visited 106 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services