एसीसी प्रिमियर कप अप्रिलमा गर्न प्रस्ताब
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । एशियन क्रिकेट काउन्सिलले हरेक दुई बर्षमा आयोजना गर्ने, एसीसी प्रिमियर कपको नयाँ संस्करण सन् २०२४ को अप्रिल महिनामा गर्न प्रस्ताब गरिएको छ । एसीसी प्रिमियर कपको च्याम्पियनले एसिया कपमा भाग लिन पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले खेल्ने यसअघि नै निश्चित भइसकेको छ । सन् २०२३ मा आयोजना भएको एसिया कपमा, नेपालले सहभागिता जनाउँदै पहिलो पटक भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । सन् २०२५ मा पनि, पुरानै ढाँचा अनुसार, एसिया कप सञ्चालन हुदाँ, एसीसी प्रिमियर कपको च्याम्पियनले मात्र, सहभागिताको अवसर पाउनेछ ।

प्रिमियर कपमा, अघिल्लो संस्करण झै एसिया क्षेत्रका १० एशोसियट टोलीले सहभागिता जनाउनेछन् । एसीसीले गरेको प्रस्ताब अनुसार, प्रतियोगिता १० देखि २३ अप्रिल सम्म सञ्चालन हुनेछ । सहभागि क्रिकेट संघहरुलाई पत्राचार गरिएको भन्दै, एसीसीले सबैको सहमतिमा मितिको टुगो लगाइनेछ । एसीसीले गरेको संभावित समूह विभाजनमा नेपाल, हङकङ, मलेसिया, कतार समूह ए मा परेका छन् भने युएई, ओमान, कुवेत र बहराइन समूह बि मा परेका छन् ।

अन्य दुई वटा टोली क्वालीफायर ए र बि बाट छनौट भएर आउनेछन् । एसीसीले अहिलेसम्म, आयोजक राष्ट्रको टुगो नलगाएका कारण, नेपाललाई पनि आयोजनाको मुख्य दावेदार राष्ट्र मानिएको छ । अघिल्लो संस्करणको प्रिमियर कप भव्य रुपमा सम्पन्न गरेका कारण एसीसीले फेरि, अवसर दिन सक्ने जनाईएको छ । नेपालसँग अहिले टियुसँगै मुलपानी मैदान पनि रहेको छ । मुलपानी क्रिकेट मैदानमा समेत सुविधाहरु थप हुदै जाँदा, क्यान र खेलाडीहरु उत्साहित भएका छन् । एसीसीले नेपालसँगै, युएई र ओमानमध्ये कुनै एक राष्ट्रलाई आयोजनाको अवसर दिने पक्का रहेको छ ।

नेपाललाई सन् २०२४ मा फेरि, एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपको लगातार दोश्रो पटक स्थान बनाउन अवसर रहेपनि सहज भने छैन् । यसपटक, युएईसँगै, ओमान पनि सशक्त टोली बनेर आएको छ । एसिया कपमा टेस्ट नेशनहरुसँग खेल्न पाइने भएकोले, आफ्नो स्तर मापनका लागि पनि नेपाल जस्ता टोलीलाई धेरै नै फाइदा हुने गर्दछ । नेपालले, सन् २०२४ को अप्रिल अघि, आइसीसी लिग २ अन्र्तगत नामिबिया र नेदरल्याण्डसँग घरेलु मैदानमा सिरिज समेत खेल्ने तय भइसकेको छ । नेपाल क्रिकेट संघ क्यानले यस्तै अन्तराष्ट्रिय प्रतियोगिताका लागि तयारी थाल्नुपर्ने बेला भइसकेको छ ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services