राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल सिड्नीमा सम्मानित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल सिड्नीमा सम्मानित भएका छन् । सो अवसरमा बोल्दै, उनल आफु क्रिकेटमा नलागेको भए अष्ट्रेलियामा विधार्थी हुने सोचमा रहेको बताएका छन् ।व्यवसायिक क्रिकेट खेल्न अष्ट्रेलिया आएको मौका पारेर एनआरएनए (एनएसडब्लु) राज्य समिति र असल्यान्डले संयुक्त रुपमा गत शनिबार आयोजित सम्मान कार्यक्रममा कुशलले यस्तो भनेका हुन् ।

खेलाडी पलायनको विषयमा सोधिएको प्रश्नमा कुशलले भने , ‘अब क्रिकेट खेलेर जीवनयापन गर्न सक्ने दिन आइसकेको छ । हिजोको दिनमा अष्ट्रेलिया आउने मेरो सोच पनि थियो । तर अहिले क्रिकेटले जीवनमा फरक मोडमा ल्याइदिएको छ ।’

कुशललाई सिड्नीमा स्वागत गर्दै एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई सम्मान र स्वागत गर्न पाउनु गर्वको विषय भएको बताए । ‘आफ्नो खेल कौशलको माध्यमबाट नेपाललाई विश्वकपमा पु¥याउन महत्वपूर्ण योगदान दिएका कुशललाई सम्मान गर्न पाउनु गर्वको विषय हो’, उनले भने, ’कुनै पनि खेलाडीलाई हामीले गर्ने यस्ता सहयोगले देशको लागि खेल्न अझै उर्जा मिल्ने आशा गरेको छु ।’

यसअघि अभिनाष बोहोरालाई पनि सम्मान गरिसकेको एनआरएनए एनएलडब्लुले खेलाडीलाई धेर थोर सहयोग पनि होस् भनेर आफूहरूले सम्मान गर्ने गरेको स्मरण गर्दै कुँवरले सिड्नी आउने हरेक राष्ट्रिय खेलाडीलाई जहिले पनि सम्मान गर्ने घोषणासमेत गरे ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा क्रिकेट रंगशाला निर्माण गरिरेको एक्ट्राटेक ओभलका निर्देशक समेत रहेका कुँवरले फागुन भित्रमा मैदानमा खेल्न मिल्ने गरि निर्माण कार्यअघि बढिरहेको बताए । उनले आफू नेपाल र नेपाली क्रिकेटमा अत्यन्त नजिक रहेको भन्दै विश्वकपमा नेपाली खेलाडीको हौसलाका लागि अमेरिकासमेत जाने योजना रहेको सुनाए ।

कुँवरले कुनै पनि राष्ट्रिय खेलाडीलाई जीवन चलाउनका लागि देश छोड्नु नपरोस् भनेर आफूले त्यसका लागि सकेको सहयोग गर्ने वाचासमेत गरे । ’खेलाडीले गरेको मेहनत र कामलाई सधै साथ र सहयोग गर्नेछु, उनले थपे, ‘आर्थिक अभावमा अब कुनै पनि नेपाली खेलाडीले विदेशीनु नपरोस् भनेर म लागि परेको छु ।’

यस्तै कार्यक्रममा एनआरएनए ओसेनिया क्षेत्रका संयोजक दिनेश पोखरेलले नेपाली क्रिकेटको सफलतामा समस्त नेपालीहरू खुसी भएको भन्दै खेलाडीको बृद्धी विकासका लागि आफूहरूले सकेको सहयोग गर्ने बताए । नेपाली क्रिकेटलाई टि २० विश्वकपसम्म पु¥याउन महत्वपूर्ण भूमिका निभाउने कुशललाई स्वागत गर्दै उनले नेपाली क्रिकेट टोलीको पछिल्लो सफलतामा समस्त प्रवासी नेपाली हर्षित रहेको भन्दै आगामी दिनमा ठूला प्रतियोगितामा जित सफलता मिलोस् भनेर शुभकामना दिए ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिन्सुला क्रिकेट क्लबमा आबद्ध भएर क्रिकेट खेल्न कुशल अस्ट्रेलिया आएका हुन् । करिब २ महिना अस्ट्रेलिया बसाईमा उनले अनुभव बटुल्नुका साथै क्लबबाट खेल्दा आफ्नो खेल कौशल अझ बलियो हुने आशा राखे । उनले जनवरीको अन्त्यसम्म क्लबबाट खेल्नेछन् । त्यसपछि उनी राष्ट्रिय टोलीको तयारीमा जुट्न स्वदेश फर्कनेछन् । (साभारः हाम्रो खेलकुद)

(Visited 26 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services