आइपिएल अक्सनका अष्ट्रेलियन खेलाडीमाथि सबैको नजर
प्रकाशित मितिः7 months ago

एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२४ को अक्सन मँगलबार दुबईमा हुँदैछ । अक्सन नेपाली समय अनुसार दिउँसो १ ः१५ मा सुरु हुनेछ । अक्सनमा ३ सय ३३ कुल खेलाडी सहभागी हुनेछन् ।२ सय १४ भारतीय, १ सय १९ विदेशी र दुई एसोसिएट खेलाडी छन् । एसोसिएटबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा छन् । ३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्ने कोटा बाँकी छ ।

यस पटक अक्सनमा गुजरात टाइटन्सले ३८।१५ करोड भारु सर्वाधिक रकम खर्च गर्न पाउनेछ । हैदराबादसँग ३४ करोड, चेन्नई सुपर किंग्ससँग ३१।४ करोड, दिल्ली क्यापिटल्ससँग २८।९५ करोड र कोलकाता नाइट राइडर्ससँग ३२।७ करोड भारु खर्च गर्न पाउने रकम छ ।

लखनऊ सुपर जायन्ट्ससँग सबैभन्दा कम १३।१५ करोड भारु खर्च गर्न पाउने रकम छ । मुम्बईसँग १७।७५ करोड, पन्जाबसँग २९।१ करोड, बेंगलोरसँग २३।२५ र राजस्थानसँग १४।५ करोड खर्च गर्न पाउने रकम छ ।

यस पटक अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले सबैभन्दा महँगो मूल्य पाउने अनुमान गरिएकोछ । धेरै टोलीलाई तीव्र गतिका बलर आवश्यक हुँदा स्टार्क अक्समा महँगो मूल्यमा जाने अनुमान गरिएको हो ।

अष्ट्रेलिया जोश हेजलवुड, कप्तान प्याट कमिन्स र ट्रर्विस हेड पनि महँगो मूल्यमा जाने सम्भावना छ । न्युजिल्यान्डका दुई अलराउन्डर रचिन रविन्द्र र डर्याल मिचेलले पनि अक्सनमा महँगो मूल्य पाउन सक्छन् ।नेपालबाट भने सर्ट लिष्टमा कुनैपनि खेलाडी अक्सनमा छैनन् । यदि कुनै फ्रेन्चाइज टोलीले चाहेको खण्डमा अक्सनमा नेपाली खेलाडी पर्न सक्ने सम्भावना भने बाँकी रहन्छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services