
सिड्नी । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने आइसीसी टि ट्वान्टी विश्वकपमा स्थान बनाएपछि, नेपाली क्रिकेटको चर्चा चुलिएको छ । तर, पछिल्लो समय राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु धमाधम विदेश पलायन हुन थालेका छन् । राष्ट्रिय टोलीले, चौतर्फी सफलता हासिल गरिरहेको सन्दर्भमा, नेपाल क्रिकेट संघ क्यानले घरेलु संरचनामा ध्यान दिन नसक्दा, युवा र प्रतिभावान् खेलाडीहरु विदेशिन बाध्य भइरहेका छन् ।
नेपाललाई सन् २०१४को विश्वकपमा पु¥याएका खेलाडीहरु सुवास खकुरेल, बसन्त रेग्मी, नरेश बुढायर, सागर पुन जस्ता खेलाडीहरु अहिले अस्ट्रेलिया, क्यानडा र अमेरिका पुगेका छन् । पछिल्लो समय राष्ट्रिय टोलीबाट खेलिसकेका तीब्र गतिका बलर बिक्रम सोब, स्पिनर सुशान्त भारी, किशोर महतो पनि थप अवसरको खोजीमा अस्ट्रेलिया पुगेका छन् । नेपालका लागि तीन एकदिवसीय क्रिकेट खेलेका विक्रम र उत्कृष्ट स्पिनरको छवि बनाएका सुशान्त भारी अहिले अस्ट्रेलियाको एडिलेडमा नेपाली समुदायले सञ्चालन गर्ने स्थानीय लिग खेलिरहेका छन् ।

नेपालका पुर्व ओपनर सुवास पनि गतबर्षदेखि एडिलेडमै रहेका छन् ।लामो समय घरेलु प्रतियोगिता नभएपछि अवसरको खोजीमा अस्ट्रेलिया पुगेको बिक्रमले बताएका छन् । “राष्ट्रिय टोलीमा परेको बेला चोटग्रस्त भएँ, उपचारपछि सञ्चो भएपछि, राष्ट्रिय टोलीमा कमव्याक गर्न कुनै पनि प्रयोगिता भएन्, त्यसपछि बाध्य भएर, अस्ट्रेलिया आएँ, उनले एक सञ्चारमाध्यमलाई आफ्नो अन्र्तवार्तामा भनेका छन् ।
विक्रमसँगै सुशान्त भारी पनि अस्ट्रेलिया पुगेका छन्। तीन साताअघि गएका उनीहरू क्रिकेट खेल्नकै लागि अस्ट्रेलिया पुगेको बताउँछन्। आफूहरूले त्यहाँ एन्का लिग र ग्रेड लिग खेलिरहेको विक्रमले बताएका छन् ,।
नेपालमा यसअघि एभरेष्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमयर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) पनि घरेलु प्रतियोगिताको रूपमा निजी क्षेत्रले आयोजना गर्दै आएको थियो। तर क्यानले आफ्नै फ्रेन्चाइजी लिग आयोजना गर्ने बताएसँगै निजी क्षेत्रबाट सञ्चालित ती लिगहरूको आयोजना रोकिएका छन् ।
घरेलु प्रतियोगिता नहुँदा कुशल भुर्तेल, आशिफ सेख, कुशल मल्ल, रोहितकुमार पौडेल, गुशलन झा, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीलाई रिप्लेस गर्ने कुनै खेलाडी आएनन्। उनीहरूले लगभग एक वर्ष क्रिकेट खेली नै रहे। उनीहरूबाहेक भीम सार्की र आरिफ सेख टी२० विश्वकप छनोटअघिसम्म टोलीमा रहेका थिए ।

त्यस्तै, राष्ट्रिय टोलीबाट नखेले पनि प्रतिश जिशी र विनोद भण्डारीले पनि टोलीमा कब्जा जमाइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी लाक्पा लामा एकै खेलाडीलाई खेलाइरहँदा टिम सेट देखिए पनि भविष्यका लागि अहिले नै सोच्नुपर्ने बताएका छन् ।
यहिबीच, नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले, यसबारे आफू जानकार रहेको बताएका छन् । आफू पनि खेलाडी भएर नै क्यानसम्म पुगेकोले समयमै प्रतियोगिता आयोजना गर्न योजना बनाइरहेको उनको दाबी छ। यद्यपि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नयाँ क्यालेन्डर नआएको हुँदा क्यानले आफ्नो क्यालेन्डर बनाउन नसकेको खड्काले बताएका छन् ।उनका अनुसार अहिले क्यानले महिला तथा पुरूष क्रिकेटका लागि प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितालाई महत्त्वका साथ हेरेको छ।
महिलाले खेल्ने प्रतियोगिताका लागि खेलाडी छनोट गर्न जिल्ला र प्रदेशलाई निर्देशन दिइसकेको छ। यता, पुरूषतर्फ पनि क्यानले नयाँ ढाँचामा प्रतियोगिता गर्ने तयारी गरेको छ।प्रधानमन्त्री कप यस वर्ष सात प्रदेश र तीन विभागीय गरी १० टोलीबीच राउन्ड रोविन लिगको आधारमा खेलाउने र सेमीफाइनल दुई दिवसीय लिग तथा फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गर्ने निर्णय गरिसकेको पारसले बताएका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services