हेटौंडामा राजमार्ग क्षेत्रको गरियो सफाइ
✍ NepaliNews
प्रकाशित मितिः2 years ago

१८ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा पृथ्वी राजमार्ग वरपरको फोहोर सफाइ अभियान सुरु गरिएको छ ।

सडकका किनारामा फालिएका प्लाष्टिक, पानीका बोतलसहितका फोहोरहरु संकलन गर्दै डिभिजन वन कार्यालय हेटौंडाले प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर अभियानको सुरुवात गरेको हो ।

डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतमले पूर्वपश्चिम राजमार्गको बारा र मकवानपुरको सिमाना चुरियामाईबाट सुरु गरेको अभियानलाई शनिवार हेटौंडा उपमहानगरपालिका राप्ती किनारसम्म विस्तार गरिएको बताए ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा पनि हेटौंडा बजार क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग सफाइमा सहभागी भएकी थिइन् । उनले पूर्वपश्चिम राजमार्ग, धरान–चतरा (मदन भण्डारी मार्ग), कान्ति लोकपथ, त्रिभुवन राजपथ र हेटौंडा– काठमाडौं छोटो दूरीको मार्ग क्षेत्रमा पनि सफाइ अभियान सञ्चालन गर्ने बताइन् ।

राजमार्गमा फोहोर नफाल्न सार्वजनिक यातायातका यात्रु, चालक तथा सहचालकले पालनाा गर्ने आचारसंहिता पनि बनाइएको सहायक वन अधिकृत गौतमले जानकारी दिए । यातायात व्यवसायी संघको सहकार्यमा अब सवारी साधनभित्र डस्टविन व्यवस्था गर्ने पनि उनले बताए ।

(Visited 162 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services