न्यू क्यासल क्षेत्रका नेपाली एकजुट, सामूहिक वनभोज कार्यक्रमको आयोजना
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः8 months ago

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यस्थित न्यू क्यासल क्षेत्रमा वशोवाश गर्ने नेपालीहरुले सामूहिक भेटघाट, वनभोज एवम् विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । एक आपसमा भाइचारा र एकता कायम गर्ने उद्देश्यले नेपाली समुदायका सक्रिय युवाहरु सम्राट कँडेल र विवेक सिग्देलको पहलमा आयोजित कार्यक्रममा ९० भन्दा बढीको सहभागिता थियो ।कार्यक्रममा एकआपसमा परिचयात्मक समारोहका साथै म्युजिकल चियर प्रतियोगितामा युवातर्फ गणेश आचार्य र ज्येष्ठ नागरिक तर्फ सरिता कँडेल विजयी भएका छन् ।

 

दुबैजनालाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न सामूहिक रुपमा भजनकिर्तन र नृत्य पनि प्रस्तुत गरिएको थियो भने नवोदित स्थानीय गायक सरोज परियारले आफ्नो साँगेतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा नेपाली कम्यूनिटी अफ न्यू क्यासलका उपाध्यक्ष जीवन न्यापौनेले समुदायस्तरबाट आयोजना हुने यस्ता कार्यक्रमले परस्पर सहयोग र एकता बढ्नुका साथै नेपाली भाषा, साँस्कृतिलाई जीवन्त बनाइराख्ने बताए ।

कार्यक्रमको संयोजन गरेका सम्राट कँडेलले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने भन्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैमा धन्यबाद दिएका छन् । कार्यक्रमलाई न्यू क्यासल क्षेत्रमा सञ्चालित नेपाली तथा इन्डियन किराना (ग्रोसरि) पसलहरुले महत्वपूर्ण सहयोग गरेका थिए ।

(Visited 253 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services