नेपाली क्रिकेटको विकासमा अस्ट्रेलियाबासी नेपालीको साथ
प्रकाशित मितिः8 months ago

सिड्नी । आइसीसी टि ट्वान्टी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली क्रिकेटको विकासका लागि अस्ट्रेलियामा रहेका नेपालीहरुले साथ दिने भएको छ । मेलर्वन क्षेत्रमा लामो समयदेखि नेपाली समुदायमा क्रिकेटसँगै अन्य गतिविधि सञ्चालन गर्दै आएको नेप्लिज एशोसियशन अफ भिक्टोरिया (न्याभ) र नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) बीच, आपसी समझदारी पत्रमा हस्ताक्षर भएसँगै सहकार्य सुरु भएको हो ।

समझदारी अनुसार, न्याभले मेलर्वनमा हरेक बर्ष सञ्चालन गर्ने न्याभ क्रिकेट कपमा, नेपाली राष्ट्रिय खेलाडीको सहभागिता, क्यानको आर्थिक विकासमा सहयोग र विश्वकपअघि र त्यसपछि पनि नेपाली खेलाडीहरुलाई अस्ट्रेलियामा एक्सपोजरका लागि सहकार्य हुनेछ ।

न्याभ कप क्रिकेट, मेलर्वनमा नेपाली समुदाय माझ निकै लोकप्रिय प्रतियोगिता बन्दै गएको छ । गतबर्ष विभिन्न १२ टोलीले सहभागिता जनाएकोमा, फार वेस्ट हन्टरले उपाधि जित्दै नगद ३ हजार अस्ट्रेलियन डलर हात पारेको थियो । यहि प्रतियोगितामा क्यान सचिब पारस खड्का, ब्रान्ड एम्बास्डरका रुपमा मेलर्वन पुगेका थिए । हप्ताको शनिबार र आइतबार मात्रै खेलिने यस प्रतियोगिताको यस संस्करणमा, नेपाली राष्ट्रिय खेलाडीहरुले समेत सहभागिता जनाउनेछन् ।

समझदारी पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेप्लिज एशोसियशन अफ भिक्टोरियाका अध्यक्ष प्रेमराज उप्रेतीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा नेपालका लागि अस्ट्रेलियन राजदुत फेलिसिटी भोल्के, क्यानका सचिब पारस खड्का लगायतको सहभागिता थियो । समझदारीपछि, क्यानका सचिब पारस खड्काले सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै, यसले नेपाली खेलाडीलाई अस्ट्रेलियामा खेल्ने वातावरण सिर्जना भएको बताएका छन् ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services