को–को परे आईसीसीको विश्वकप ड्रिम टोलीमा ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः8 months ago

सिड्नी। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले आइतबार सम्पन्न एक दिवसीय विश्वकपको टीम ११ सार्वजनिक गरेको छ ।पाँच देशका खेलाडीले स्थान बनाएको टीममा विश्वकप विजेता अस्ट्रेलियाका कप्तान प्याट कुमिन्स समावेश छैनन् । अस्ट्रेलियाका दुई जना खेलाडीमात्र छन् ।

उपविजेता भारतका भने ६ जना खेलाडीले स्थान बनाएका छन् ।दक्षिण अफ्रिका, न्युजिल्यान्ड र श्रीलंकाका एकएक खेलाडी छन् । रोहित शर्माको कप्तानीमा रहेको टोलीमा भारतकै केएल राहुल, रवीन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद सामी र विराट कोहली छन् ।अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र एडम जाम्पा तथा दक्षिण अफ्रिकाका क्विन्टन डी कक, न्युजिल्यान्डका ड्यारिल मिचेल र श्रीलंकाका दिल्सान मदुसान्काले टीममा स्थान बनाएका छन् ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services