
सिड्नी । मगर समाज अस्ट्रेलियाले नयाँ नेतृत्व पाएको छ। १३ औं स्थापना दिवसको अवसरमा समाजद्वारा आयोजित वार्षिक भेटघाट एवम् भेला मार्फत २०२३–२०२४ का लागि लुकेश राम्जाली मगरको अध्यक्षतामा नयाँ नेतृत्वको चयन गरिएको हो । समाजको उपाध्यक्षमा रघु जुग्जाली मगर, महासचिवमा विशाल राणा मगर, सचिबमा योगेन पुन मगर, सहसचिवमा विजन थजाली मगर र कोषाध्यक्षमा यम बुढाथोकी मगर रहेका छन् ।
कार्यसमितिको सदस्यहरुमा, अरुण गर्बुजा मगर, रेखा जुग्जाली मगर, प्रेम आलेमगर, सुजन थापामगर, तेजिन्द्र थापामगर, किशोर पुन मगर, प्रजुन थापा मगर, हिक्मत घर्तिमगर, जगत रोन्तिजा मगर, गजेन्द्र जुग्जाली मगर, रन्तिजा बुढाथोकी मगर र छल बचे मगर रहेका छन् । त्यस्तै समाजको पब्लिक अफिसर गीरु जुग्जाली मगर, कल्चर सेक्रेटरी फुलु पुन मगर, स्पोर्ट्स कोर्डिनेटर ललित थापा मगर र मिडिया कोओर्डिनेटरमा सूर्य गर्बुजा मगर रहेका छन् । भेलाले ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

सन् २०११ मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य साथै अष्ट्रेलियामा मगर एकतालाई मजबूत र अर्थपूर्ण बनाउन विभिन्न कार्यहरू सम्पन्न गर्दै आएको छ । सोहि दिन मगर समाज अष्ट्रेलियाल विभिन्न बिधामा उत्तीर्ण भएको विद्यार्थीहरुलाई प्रोत्साहन स्वरूप सम्मान समेत गरेको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष अनिल थापा मगरले नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिदै, आगामी दिनमा अझ उत्कृष्ट सामाजिक कार्यहरु गर्दै जाने विश्वास व्यक्त गरेका थिए । नयाँ कार्यसमितिले माघेसंक्रान्ति पर्वलाई भव्य बनाउन आवश्यक तयारी अघि बढाउने निर्णय समेत गरेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services