नेपालले नेदरल्याण्ड र नामिबियासँग सिरिज खेल्ने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । आगामी एकदिवसीय विश्वकपको छनौटको आधार मानिएको आइसीसी लिग टु को नयाँ संस्करण सन् २०२४ देखि २७ सम्म सञ्चालन हुने, आइसीसीले यसअघि नै घोषणा गरिसकेको छ, जहाँ नेदरल्याण्डससहित, नेपाल, युएई, ओमान, अमेरिका, क्यानडा, नामिबिया र स्टकल्याण्ड रहनेछन् । सहभागी देशहरुले यसअघि झै ओम एण्ड अवेयको आधारमा सिरिजहरु खेल्नेछन् ।

भारतमा जारी, एकदिवसीय विश्वकप अन्तिम चरणमा पुग्दा, आइसीसीले लिग टु को लागी आवश्यक तयारी अघि बढाएको छ, जसअन्र्तगत पहिलो सिरिज सन् २०२४ को फेब्रअरीमा नेपालमा आयोजना गर्ने प्रस्ताब गरिएको छ । सिरिजमा नेदरल्याण्ड र नामिबियाले सहभागिता जनाउनेछन् । सबै देशहरुलाई आन्तरिक रुपमा सिरिजको कार्यतालिका पठाईएको र उनीहरुले स्वीकृत गरेपछि, आधिकारिक रुपमा घोषणा गर्ने आइसीसीले जनाएको छ । प्रस्ताब अनुसार, सिरिज फेब्रअरी १३ देखि २५ सम्म हुनेछ । सिरिजमा तीन देशले एकअर्कासँग दुई÷दुई खेल खेल्नेछन् ।

नेपाल क्रिकेट संघ क्यानले, सबै देशहरुले कार्यतालिका स्वीकृत गरेपछि मात्रै सिरिजबारे आधिकारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ । सन् २०१९ देखि २३ सम्म सञ्चालन भएको लिग टु सर्कलमा नेपाल सहित ७ देशले प्रतिस्पर्धा गरेका थिए भने स्टकल्याण्ड, ओमान र नेपाल शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल क्वालीफायरमा सिधै प्रवेश पाएको थियो । नेपाली सिनियर क्रिकेट टोली, अहिले फुर्सदिलो रहेको बेला, सिरिज आयोजना हुने भएपछि, खेलाडीसँगै समर्थकहरु पनि उत्साहित भएका छन् । काठमाडौमा सम्पन्न आइसीसी टि ट्वान्टी विश्वकपको एसिया क्वालीफायरबाट नेपालले विश्वकपमा स्थान बनाएसँगै सन् २०२३ मा अन्तराष्ट्रिय खेलहरु सकिएको थियो ।

सन् २०२३ नेपाली क्रिकेट लागि भने, एक ऐतिहासिक बर्ष हुन पुगेको छ । संकटमा रहेको एकदिवसीय मान्यता रिटेन हुनु, एकदिवशीय विश्वकपको ग्लोबल क्वालीफायरमा सिधै प्रवेश पाउनु, एसीसी प्रियिमर कप च्याम्पियन बन्दै एसिया कपमा सहभागिता जनाउनु र पछिल्लो पटक, काठमाडौमा सम्पन्न आइसीसी टि ट्वान्टी विश्वकपको एसिया क्षेत्रीय छनौटमा शीर्ष दुईमा रहँदै विश्वकपमा पुग्दा, नेपाल अहिले स्वर्णीम सपनामा रमाइरहेको छ । अब फेरि लिग टुका सिरिजहरुमा पनि यस्तै फर्मलाई दोहो¥याउन आवश्यक रहेको छ । तपाँई लिग टु का

(Visited 68 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services