टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिंड्यो : गगन थापा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।’महामन्त्री थापाले सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखिएको आरोपसमेत लगाएका छन्, ‘सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,’ उनले लेखेका छन् ।

(Visited 37 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services