कटुवाल महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः9 months ago

काठमाडौ । नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज कटवाल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान( ले बुधबार देखी हङकङमा सुरु हुने चार देश सम्मिलित महिला टि२० आई सिरिजको लागि मनोजलाई नियुक्त गरेको हो । उनकै प्रशिक्षणमा महिला टोलीले प्रशिक्षण गर्दै आएको छ ।

नेपालका पूर्वक्रिकेटर समेत रहेका मनोजले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । उनको प्रशिक्षणमा पुलिसले घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । सन् २०६२ देखि नेपाल पुलिसबाट खेल्न थालेका कटवाल २०६७ सालमा प्रशिक्षण समालेका थिए ।

विकेटकिपर कटवालले यू१७ हुँदै सन् २००० देखि २००६ सम्म नेपाली राष्ट्रिय टोली प्रतिनिधित्व गरेका थिए । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पिपिएल० चितवन राइनोजले अपराजित रहँदै उपाधि जित्दा कटवाल प्रशिक्षक थिए ।

पछिल्लो पटक गतवर्ष नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दा मनोज पुलिसका मुख्य प्रशिक्षक थिए । मनोजले नेपाली सिनियर क्रिकेट टोलीमा पनि सहायक प्रशिक्षकको भूमिका निर्वाह गरि सकेका छन् ।

नेपालकी पूर्व कप्तान निरा राजोपाध्याय सहायक प्रशिक्षकमा नियुक्त भएकी छिन् । त्यस्तै पूर्वक्रिकेटर माया रावल टिम व्यवस्थापकमा रहेका छिन् । क्यानले हाललाई यी तीन जनालाई नै हङकङ भ्रमणको लागि नियुक्त गरेको हो ।

नेपालले हङकङमा चार देश सम्मिलित टि२० सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कार्तिक २९ गते तान्जानिया, कार्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ ।

(Visited 31 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services