श्रीलंकन क्रिकेट बोर्ड आइसीसीको निलम्बनमा
प्रकाशित मितिः9 months ago

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ ।आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।

अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका थिए ।खेलमन्त्री रणसिंघले सिल्भा नेतृत्वको बोर्डले गरेका खर्च र अन्य कामकारबाहीका बारेमा छानबिन पनि गर्ने घोषणा गरेका थिए ।रणसिंघले अन्तरिम कमिटीको प्रमुखमा अर्जुन रणतुंगालाई नियुक्त गरेका छन् ।

सन् १९९६ मा श्रीलंकालाई विश्वकप क्रिकेट उपाधि जिताउने कप्तान हुन् । उनी अहिले राजनीतिमा पनि संलग्न छन् ।भारतमा चलिरहेको विश्वकपमा टिमले खराब प्रदर्शन गरेको बेला श्रीलंकाको सदस्यता निलम्बनमा परेको हो । भारतमा जारी विश्वकपको समूह चरणामा आफ्ना सबै खेल खेलिसक्दा नवौं स्थानमा रहेको श्रीलंका सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनसमेत असफल भएको छ ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services