युवा एसियाकपमा नेपाल कठिन समुहमा पर्दा घाटा कि फाइदा ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः9 months ago

सिड्नी । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी डिसेम्बर महिनामा श्रीलंकामा आयोजना हुने अण्डर नाइन्टिनर एसिया कपको खेलतालिका र समूह विभाजन सार्वजनिक हुदा, नेपाललाई नियतवस वा, भुलबस, ज्यादै कठिन समूहमा राखेको छ । हु न त, विश्वकप खेल्ने, नेपाल जस्तो देशले जस्तोसुकै टोलीसँग खेल्न तयार रहनुपर्ने हुन्छ, तर, एसिया कपको समूह विभाजन हेर्दा, कत्ति पनि न्यायोचित लाग्दैन् ।

आयोजक एसिसी, सशक्त टोलीहरुलाई एउटा र कमजोर टोलीहरुलाई अर्को समूहमा राख्दा, नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान परेको छ । समूह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् । टोलीहरुको अवस्था हेर्दा, नेपाल स्वभाविक रुपमा समूह बी मा पर्नुपर्ने देखिन्छ, तर, आसन्न विश्वकपको समेत तयारी हुने भएकाले नेपाललाई यसले तत्कालिन रुपमा असहज र अप्ठ्यारो जस्तो हुने भएपनि, दीर्घकालीन रुपमा फाइदा नै हुनेछ, किनकि, भारत र पाकिस्तान जस्तो टोलीहरु खेलेर विश्वपकमा जाँदा, मनोबल उच्च बन्नेछ ।

सार्वजनिक खेलतालिका अनुसार, नेपालले आफ्नो पहिलो खेल, पाकिस्तानसँग ८ डिसेम्बरमा खेल्नेछ । दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग र समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन् ।

गत सेप्टेम्बरमा नेपालको सिनियर टोलीले पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । गत जुलाईमा नेपालले श्रीलंकामा एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तान ए विरुद्ध पनि खेलेको थियो । नेपालले अघिल्लो महिना १९ औं एसियाली खेलकुदको क्वाटरफाइनलमा भारतसँग हारेको थियो ।
यू१९ एसिया कपलाई, सन् २०२४ को जवनरीमा श्रीलंकामा मै आयोजना हुने, यू१९ विश्वकपको तयारीको रूपमा हेरिएको छ ।

विश्वकपमा नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान एकै समूहमा छन् ।एसिया कपमा नेपाल, निकै कठिन समूहमा रहेपनि, यसले आसन्न विश्वकपमा नेपाललाई थप फाइदा पुग्ने निश्चित छ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services