विश्वकपमा नेपाल र न्युजिल्याण्ड एउटै समूहमा पर्ने संभावना
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः9 months ago

सिड्नी । आगामी बर्ष सञ्चालन हुने आइसीसी टि ट्वान्टी विश्वकपमा, इतिहासकै सबैभन्दा धेरै २० राष्ट्रले सहभागिता जनाउँदैछन् । आइसीसीले क्रिकेटको विश्वव्यापीकरण र पछिल्लो समय टि ट्वान्टी फरम्याटमा देखिएको आकर्षणलाई ध्यान दिदै सहभागि राष्ट्रको सँख्या १६ बाट २० पु¥याएको छ ।

यसपटक टि ट्वान्टी विश्वकपको पुरानो संरचनालाई परिवर्तन गर्दै २० वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिनेछ । हरेक समूहबाट शीर्ष २ टोली, सुपर एटमा पुग्नेछ । अहिलेसम्म आयोजक राष्ट्रको हैसियतले अमेरिका र वेस्ट इन्डिज सहित, अष्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेशको टुगो लागेको छ, त्यस्तै, यूरोप क्वालिफायरबाट आयरल्यान्ड र स्कटल्यान्ड, इस्ट एसिया प्रशान्त क्वालिफायरबाट पपुवा न्यूगिनी, अमेरिका क्वालिफायरबाट क्यानाडा, एसिया क्वालिफायरबाट नेपाल र ओमान छनोट भएका छन् ।

अब अफ्रिका क्वालिफायर, नामिबियामा अक्टोबर अन्तिम सातामा हुदैछ, जहाँबाट दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन । उक्त प्रतियोगिता सकिएपछि मात्रै, आइसीसीले समूह विभाजन र कार्यतालिका सार्वजनिक गर्ने भएपनि, क्रिकेटसँग सम्बन्धित विभिन्न अनलाइन समाचारमाध्यमहरुले संभावित समूह र देशको नाम सार्वजनिक गर्न थालेका छन् । त्यसमध्ये, एशोसिएयट क्रिकेटका समाचार, कार्यतालिका र भावी योजनाबारे अपटेड दिने, सी जार स्पोट्सले, नेपालल समूह सी मा पर्नसक्ने जनाएको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, वेस्टइन्डिज, जिम्बाबे र क्यानडा पर्न सक्ने अनुमान गरेको छ ।

आइसीसीले समूह विभाजन गर्दा, अपनाउने विधि, टोलीहरुको पछिल्लो प्रर्दशन र समूहलाई प्रतिस्पर्धी बनाउने गरि, संभावित सुची प्रकाशित गरेको छ । सी जारले विश्व क्रिकेटका चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान एउटै समूहमा पर्न सक्ने अनुमान पनि गरेको छ । यसैबीच, नेपालले १० बर्षपछि विश्वकपमा स्थान बनाएपछि, राष्ट्रिय खेलकुद परिषद् राखेपले, खेलाडीहरुलाई प्रतिव्यक्ति १३ लाख रुपैयाँ, मुख्य प्रशिक्षकलाई ३ लाख ९० हजार र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि एकलाख ९५ हजार रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services