गुलशन झाः नेपाली क्रिकेटका तुरुपको एक्का
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले एक मास्टर माइन्ड प्रशिक्षकको छवि बनाएका छन् । नेपाली क्रिकेट टोली सम्हालेदेखि नेपालले ऐतिहासिक सफलता हासिल गर्दै आएको छ । उनले खेलाडीको प्रतिभा र क्षमतााई नजिकबाट चिन्ने र खेलमा त्यसलाई कुशलतापूर्वक कार्यान्वयन गर्ने गर्दछन् । यस्तो अवस्थामा, उनले गुलशन झालाई, नेपाली टोलीका लागि तुरुपको एक्का जसरी प्रयोग गर्ने गरेका छन् । विश्वकप छनौटमा नेपाली खेलाडीमा उत्कृष्ट घोषित गुलशनबारे कोच मोन्टीको रणनीतिक प्रयोग र त्यसले दिएको सफलता निकै लोभलाग्दो छ।

नेपालले ऐतिहासिक रुपमा दशबर्षपछि, फेरि आइसीसी टि ट्वान्टी विश्वकपमा स्थान बनाउँदा सबै खेलाडीहरुको प्रर्दशन उत्तिकै महत्वपूर्ण रहेको थियो । बलिङ अलराउण्डरका रुपमा टोलीमा समावेश, गुलशन झाले जसरी, नेपाललाई चाहिएको बेला उत्कृष्ट प्रर्दशन गर्दै आएका छन्, त्यसमा कोच मोन्टीको सफल प्रयोग मान्नुपर्छ । गुलशनलाई मोन्टीले, टोलीका लागि तुरुपको एक्का जसरी प्रयोग गर्दै आएका छन् । एक पटक होइन्, पटक–पटक, प्रशिक्षक मोन्टी गुलशनलाई तुरुपको एक्का जसरी प्रयोग गर्दै आएका छन् ।

गत शुक्रबार मुलपानी क्रिकेट मैदानमा युएई विरुद्धको महत्वपूर्ण सेमीफाइनलमा, १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमा ११ रनमा कुशल भुर्तेललाई गुमाएपछि, तेस्रो नम्बरमा कुशल मल्लको ठाउँमा गुलशन झा आए, उनले दबाबपूर्ण अवस्थामा सम्हालिएर २२ रनको योगदान दिएका थिए भने, ओपनर आसिफ शेषसँग ४२ रनको साझेदारी गरेका थिए । आइतबार ओमान विरुद्ध छैठौ नम्बरमा व्याटिङ गर्न आएकाले विस्फोटक अर्धशतकी पारी खेल्न सफल भए, उनले २५ बलमा ५ चौका ६ छक्काको मदतले २५ बलमा ५४ रनको पारी खेलेका थिए । ६० रनमा ४ विकेट गुमाएको अवस्थामा गुलशनको विस्फोटक पारीले नै नेपाललाई १ सय ८४ सम्म पुग्न सहज भएको थियो, भने बलिङतर्फ पनि उनले महत्वपूर्ण एक विकेट लिएका थिए ।

गुलशनले यसअघि, नेपाललाई एसियाकपमा पु¥याउन, एसीसी प्रिमियर कपको फाइनल र लिग २ को अन्तिम तथा निर्णायक खेलमा नेपाललाई जिताउन युएई विरुद्ध शानदार प्रर्दशन गरेका थिए । अण्डर नाइन्टिन टोलीका कप्तान नियुक्त भइसकेका गुलशनलाई कोच मोन्टी आएदेखि नै, राष्ट्रिय टोलीको नियमित र महत्वपूर्ण सदस्यका रुपमा खेलाउदै आएको छ । गुशलनमा देखेको प्रतिभाका कै कारण मोन्टीले उनलाई राष्ट्रिय टोलीमा मौका दिएका थिए, जसलाई गुलशनले प्रमाणित गरिदिएका छन् ।

(Visited 39 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services