भूकम्पबाट ज्यान गुमाउनेको संख्या १३६ पुग्यो, राहत र उद्दारमा तीब्रता
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः9 months ago

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट १६५ घाइते भएका छन् ।नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् ।

घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् । घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ । २२ जनालाई सुर्खेत रिफर गरिएको छ ।यस्तै रुकुम पश्चिममा घाइतेमध्ये ३० जना डिस्चार्ज भएका छन् । ४० जना उपचाररत रहेका छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ ।

यसैबीच, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५र५ करोड तत्काल पठाउने निर्णय भएको बताएका छन् । शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services