सिड्नीबाट आठ चिनियाँ एयरलाइन्सको उडान सेवा, नेपाल जाने भाडा सस्तियो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः9 months ago

सिड्नी । कोभिड महामारीका समयमा बन्द भएका सबै चिनियाँ एयरलाइन्सहरुले सिड्नी विमानस्थलबाट पुनः उडान सुचारु गरेपछि, नेपाल जाने हवाइ भाडा सस्तो हुदै गएको छ ।

कोभिड महामारीअघि, सिड्नी विमानस्थलबाट ८ वटा चिनियाँ एयरलाइन्सले उडान भर्दै आएका थिए तर, करिब चार बर्षसम्म यी एयरलाइन्सहरु बन्द हुदा, नेपाली विद्यार्थी र अभिभावकहरु मलेसिया, हङकङ, सिँगापुर लगायतका स्थानलाई ट्रान्जिट बनाएर नेपाल आउजाउ गर्दै आएका थिए । पछिल्लो पटक गत मंगलबार सिड्नी विमानस्थलमा सिचुआन एयरलाइन्सको विमान अवतरण गरेसँगै, कोभिड महामारी अघि जस्तै ८ वटा एयरलाइन्सले सिड्नीबाट चिनको विभिन्न शहरमा उडान भर्न थालेको विमानस्थलले जनाएको छ ।

भरिभराउ चिनियाँ यात्रु लिएर आएको सिचुआन एयरलाइन्सलाई विमानस्थलमा पानीको फोराले स्वागत गरिएको थियो । चिनियाँ एयरलाइन्सहरुले उडान सुरु गरेसँगै नेपाल जाने टिकट पनि सस्तो हुदै गएको, ट्राभल एजेन्सीहरुले जनाएका छन् । दोहोरो टिकटका लागि यसअघि कम्तिमा २ हजार डलर पर्नेमा अहिले १५ सयदेखि १८ सयको बीचमा टिकट उपलब्ध हुन थालेको छ । यो मुल्य केहि दिनमा अझै कम हुदै जाने अनुमान गरिएको छ ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services