नेपाल विश्वकपबाट एक कदम टाढा
प्रकाशित मितिः9 months ago

सिड्नी । नेपाली क्रिकेटको महत्वपूर्ण प्रतियोगिता, आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता सोमबार देखि काठमाडौँमा सुरु हुदैछ । कात्र्तिक १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुदा, नेपालले एक मात्र उद्देश्य भनेको, विश्वकपमा छनौट हुनु रहेको छ । नेपाल, मलेसिया, सिंगापुर र ओमान समूह ए मा छन् । समूह ए का सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् । समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह बी का सबै खेल मुलपानी मैदानमा हुनेछन् ।विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् ।

नेपालको खेल तालिका

कार्तिक १३ (सोमबार) – सिंगापुरसँग बिहान ९ बजे, टियु मैदान

कार्तिक १४ (मंगलबार) – मलेसियासँग दिउँसो १ : ३० बजे, टियु मैदान

कार्तिक १६ (बिहीबार) – ओमानसँग बिहान ९ बजे, टियु मैदान

सेमिफाइनल : कार्तिक १७ (शुक्रबार) – पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेताबीच टियु मैदानमा बिहान ११ बजे प्रतिस्पर्धा हुनेछ ।
दोस्रो सेमिफाइनलमा समूह बी को विजेता र समूह ए को उपविजेताबीच मुलपानी मैदानमा बिहान ११ बजे खेल हुनेछ ।
फाइनल (आइतबार)– कार्तिक १९ – दुबै सेमिफाइनलका विजेता टोलीबीच । फाइनल टियु क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ ।

खेलको प्रत्यक्ष प्रशारण, चाही, नेपालमा कान्तिपुर टेलिभिजनले गर्नेछ । अनलाइनमा फ्यान कोर्ड र आइसिसी टिभी मध्ये, आफुलाई उपयुक्त हुने, माध्यमबाट हेर्न सकिनेछ ।विश्वकप छनोट खेल्ने टोलीमा नेपालको टि२० आई वरियता, सबैभन्दा माथि रहेको छ । नेपाल १६ औं स्थानमा रहँदा युएई १७ औं, ओमान २० औं, हङकङ २१ औं, मलेसिया २५ औं, कुवेत २७ औं, बहराइन २८ औं र सिंगापुर ३६ औं स्थानमा छन् । प्रतियोगितामा, नेपालका तर्फबाट व्याटिङमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल र गुलशन झा, प्रभावशाली व्याटरका रुपमा रहेका छन्, भने बलिङतर्फ, सन्दीप लामिछाने, अभिनाश बोहोरा, र करण केसी, हेर्न लायक खेलाडीका रुपमा रहेका छन् ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services