अष्ट्रेलियामा सर्वाधिक धनराशीको पुरुष भलिबल कप हुने
प्रकाशित मितिः2 years ago

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा आगामी पुस दोस्रो साता सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय पुरुष भलिबल कप आयोजना हुने भएको छ । दि गोर्खा स्पोर्ट्स क्लबले आगामी पुस ८ (डिसेम्वर २४) मा एक दिने पुरुष भलिबल कप आयोजना गर्न लागेको हाम्रो खेलकुदलाई जानकारी गराएका छन् । क्रिसमसको अवसरमा हुन लागेको प्रतियोगिता अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा कम्तीमा १० देखि १२ टोलीको सहभागिता रहने र खेलहरु नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संयोजक प्रकाश फाल मगरले जानकारी गराए ।प्रतियोगिताको विजेताले ३ हजार ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ५ सय ५ अष्ट्रेलियन डलर र तेस्रो हुने टोलीलाई ५ सय ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फको विजेतालाई पनि पुरस्कार रहेको बताए । अष्ट्रेलियामा नेपाली समुदायबीच हुने भलिबल प्रतियोगितामा यो पुरस्कार राशी अहिलेसम्मकै बढी हो ।यस प्रतियोगितालाई अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिज सर्भिसेस, रे पोपर्टी र फिस एट दि रक्स प्लाटिनम प्रायोजक रहेका छन् ।भलिबल खेलको प्रवर्द्धन र सहभागितासँगै सामाजिक कार्यका लागि दि गोर्खा स्पोर्ट्स क्लब सन् २०२२ मा स्थापना गरिएको क्लबका अध्यक्ष दिपेन राईले जानकारी गराए ।क्लबले स्थापना कालदेखि हालसम्म अष्ट्रेलियामा भएको विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै उपाधिसमेत जित्न सफल भएको छ । दि गोर्खा एकपटक च्याम्पियन बन्दा दुईपटक उपविजेता बनेको छ ।

यस्तै क्लबले अष्ट्रेलियामा विभिन्न समस्या भोगिरहेका नेपाली विद्यार्थीलाई शारीरिक र भावनात्मक रुपमा सहयोगसँगै नेपालमा रहेका भलिबल क्लबहरुलाई पनि सहयोग प्रदान गर्दै अध्यक्ष राईले बताए ।क्लबको मुख्य उद्धेश्य अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एक जुट गरेर समुदायमा भएका समस्याहरुलाई न्युनिकरण सँगै कुलतमा फसेका नेपाली विद्यार्थीलाई क्लबमा आबद्ध गराएर खेलकुद तथा अन्य कुनै माध्यमबाट हटाउने रहेको अध्यक्ष दिपेन राईले बताए । (साभार हाम्रो खेलकुद डटकम)

(Visited 30 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services