रोहित र कुशललाई दिपेन्द्रले दिएको त्यो गिफ्ट
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । दिपेन्द्रसिँह ऐरीलाई नेपाली क्रिकेटमा, थ्री डि भएका क्रिकेटरका रुपमा चिनिन्छ, व्याटिङ, बलिङ र फिल्डिङ तीन पक्षमा अब्बल दिपेन्द्र, काठमाडौँमा जारी युएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा पनि शानदार प्रर्दशन गरिरहेका छन् । सिरिजकै क्रममा, दिपेन्द्रले कप्तान रोहित र मध्यक्रमका आक्रामक व्याटर कुशल मल्ललाई आउट हुनबाट बचाउदै, उनीहरुको स्वभाविक खेल देखाउन, महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए, दिपेन्द्रको यहि क्रिकेटिङ सेन्सको निकै चर्चा पनि भएको छ । उनी, रनिङ विटविन द विकेटमा पनि त्यत्तिकै चतुर र छरिता छन् ।

टि ट्वान्टी फरम्याटमा नेपालका सर्वाधिक सफल अलराउण्डर दिपेन्द्रले काठमाडौँमा जारी, युएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा आफ्नो स्वभाविक खेल प्रर्दशन गरिरहेका छन् । सिरिजको पहिलो खेलमा युएईसँग रोहित पौडेललाई अर्धशतक पुरा गर्न, दिपेन्द्रले महत्वपूर्ण साथ दिए । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको, नेपाललाई जित दिलाउन, दिपेन्द्र र रोहितले अविजित ९३ रनको साझेदारी गरेका थिए ।

१९औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले एक रन लिँदै स्कोर टाइ गरे, दिपेन्द्रले चाहेको भए, सोही बलमै विजयी रन प्रहार गर्न सक्थे तर, उनले रोहितलाई अर्धशतक बनाउनका लागि स्टाईक दिए, जतिबेला, रोहितको खातामा ४७ रन रहेको थियो ।नेपाललाई जितका लागि १ रन चाहिएको थियो भने रोहितलाई अर्धशतक पूरा गर्न ३ रन आवश्यक थियो । रोहितले १९औं ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे, साथै उनले आफ्नो अर्धशतक पनि पूरा गरे, यदि दिपेन्द्र आफैले विजयी रन प्रहार गर्न खोजेको भए, रोहितले अर्धशतक प्रहार गर्ने अवसर पाउने थिएन् ।

त्यस्तै, हङकङसँगको दोश्रो खेलमा पनि, दीपेन्द्रको चतुरताले अर्का ब्याट्सम्यान कुशल मल्ल रन आउट हुनबाट जोगेका थिए, घटना के भएको थियो भने, कुशल हङकङका बलरहरुमाथि पूर्णरुपमा हावी भएर खेलिरहेका थिए भने दीपेन्द्र उनको सपोर्टिङ रोलमा थिए । दुवै ब्याट्सम्यानको आक्रमणमा परेको हङकङ निरिह अवस्थामा थियो ।

खेलको १९ औं ओभरमा नेपालले सर्वाधिक ३० रन बटुल्यो, जसले नेपाललाई २०० को स्कोर पार गराएको थियो । यदि दीपेन्द्रले चतुरता नदेखाएको भए, यो ओभरको एउटा बलमा कुशल सहजै रनआउट हुन सक्थे,उक्त ओभरको अघिल्ला ५ बलमा नेपालले २८ रन बटुलिसकेको थियो, जसमा कुशलले ३ छक्का र एक चौका प्रहार गरेका थिए । कुशलसँग आतंकित बलरले बाउन्ड्रीबाट बच्न अन्तिम बललाई अफ स्टम्पभन्दा पर फ्याके ।

बल आएलगत्तै कुशल क्रिजभन्दा निकै अगाडि बढेर हिर्काउन खोजे, तर उनको ब्याट बलसम्म पुगेन र बल विकेटकिपरको हातमा पुग्यो । कुशलले आफू स्टम्पिङ भएको ठानेर पछाडि फर्किँदा पनि नफर्किकन पेभिलियनतर्फ दौडिन थाले । तर, अम्पायरले बललाई वाइड दिएका थिए ।

अर्को इन्डमा रहेका दीपेन्द्रले भने बललाई नियालिरहेका थिए । वाइड बल भन्ने बुझेर उनी खरायोको गतिमा अर्को इन्डतर्फ दौडिए । त्यो देखेपछि कुशलले पनि बाटो मोडेर एक रन पूरा गरे । फिल्डरले स्टम्पमा बल फ्याक्न नपाउँदै दीपेन्द्र पनि क्रिजमा पुगिसकेका थिए । उनी आफू पनि जोगिए र कुशललाई पनि जोगाए, उक्त खेलमा कुशलले ४१ बलमा ९३ रन प्रहार गरेका थिए ।

 

(Visited 78 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services