दसैं कप क्रिकेटको उपाधि एइ ग्लोबललाई
प्रकाशित मितिः9 months ago

सिड्नी । नेपालीहरुको महानपर्व विजयी दशमीको अवसरमा सिड्नीमा आयोजित दसैँ कप क्रिकेटको उपाधि एइ ग्लोबल क्रिकेट क्बलले जितेको छ । नेप्लिज क्रिकेट एशोसिएशन अफ अस्ट्रेलिया (एनसीएए)को आयोजना र ईहब तथा ९०९आइटी को मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको फाइनलमा लुम्बिनी क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

विभिन्न १० टोलीको सहभागिता रहेको प्रतियोगिता ५/५ ओभरमा खेलाईएको थियो । टस जितेर व्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५ ओभरमा एक विकेटको क्षतिमा ७१ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर साहेल खानले सर्वाधिक ३२, राहुल श्रेष्ठ १९ रनको योगदान दिँदा कप्तान सरोज पाठक १ र आयुसजँग थापा ९ रनमा अविजित रहे । बलिङ तर्फ एइ ग्लोबलका नितेश थापाले एक विकेट लिए ।

७२ रनको मध्यम लक्ष्यका साथ मैदान उत्रिएको ग्लोबलले तीन विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । उसका लागि ओपनर नितेश थापा २६ र प्रभिण बस्नेतले १२ रनको योगदान दिए भने कप्तान विवेक देवकोटाले अविजित २१ रन बनाउँदै टोलीको जित सुनिश्चित गरे । उपाधिसँगै एइ ग्लोबलले ट्रफी र मेडलका साथमा एक हजार अस्ट्रेलियन डलर नगद र खसी प्राप्त गरेको छ भने उपविजेता बनेको लुम्बिनीले ट्रफी र मेडलका साथमा पाँच सय डलर र खसी हात पारेको छ ।

क्रिकेट प्रतियोगिता मार्फत दसैको शुभकामना आदानप्रदान गर्ने र खेल भावनाको विकासका लागि पहिलो पटक यस्तोखाले प्रतियोगिता आयोजना गरिएको एनसीएएका अध्यक्ष करण श्रेष्ठले जानकारी दिए । विजयी टोली र खेलाडीहरुलाई एनसीएएका पदाधिकारी, प्रायोजकहरुका प्रतिनिधी लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा, इहब इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनका प्रबन्ध निर्देशक विजय गुरुङले क्रिकेट मार्फत समुदायमा जोडिन पाउँदा खुशी लागेको बताए ।

(Visited 138 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services