अस्ट्रेलियामा दसैं टिकाको शुभ साइत कति बजे ?
प्रकाशित मितिः3 years ago

सिड्नी । नेपालीहरुको महानपर्व विजया दशमीको मिति नजिकिएसँगै अस्ट्रेलियामा रहेका नेपाली समुदायमा पनि चहलपहल सुरु भएको छ ।

यसबर्ष विजयी दशमी २४ अक्टोबर मंगलबारको दिन परेको छ । नेपाली हिन्दु समाज अस्ट्रेलियाले, विजयी दशमीका दिन टिकाका लागि अस्ट्रेलियाका हरेक राज्यमा फरक–फरक समयमा शुभ साइत रहेको जनाएको छ । जसअनुसार, सिड्नीमा बिहान ११ बजेर १५ मिनेटमा, मेलर्वनमा ११:३५, ब्रिसवेनमा ११:२५, एडिलेडमा ११:१७, क्यानवेरामा ११:२१, तास्मानियामा ११:२४, पर्थमा ११:४२ र डार्विनमा ११ बजेर ३४ मिनेटमा शुभ साइत रहेको छ ।

विजयी दशमीअघि १५ अक्टोबर आइतबारका दिन परेको घटस्थापनाको पनि बिहान ६ बजेर १८ मिनेट देखि ६ बजेर ५३ मिनेटसम्म शुभ समय रहेको, हिन्दु समाजले जनाएको छ ।

(Visited 49 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services