सिड्नी–काठमाडौँ सिधा उडानको तयारी अन्तिम चरणमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

सिड्नी । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडान सम्झौता भएको तीनबर्षपछि अब सिड्नी–काठमाडौँ सिधा उडान हुने भएको छ । राष्ट्रिय ध्वजाबाहक, नेपाल वायु सेवा निगमले हप्ताको दुई दिन सिधा उडानका लागि सिड्नी विमानस्थलबाट अनुमति प्राप्त गरिसकेको छ ।

जसअनुसार, बिहीबार र शनिबार उडान हुने निगमले जनाएको छ । उडानका लागि व्यवस्थापकीय र प्राविधिक तयारी अन्तिम चरणमा पुगेको, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका छन् ।

निगमले सिड्नीसहित श्रीलंकाको कोलोम्बो, दक्षिण अफ्रिका लगायतका स्थानमा उडान लागि, नेपाल चेम्बर अफ कर्मस लगायत विभिन्न चार नीजि संस्थाहरुसँग व्यवसायिक साझेदारीमा हस्ताक्षर गरेको छ । यी संस्थाहरुले टिकट व्यवस्थापनदेखि प्रचारप्रसारमा सहयोग गर्नेछन् ।
अष्ट्रेलिया–नेपाल सिधा हवाइ उडान नहुँदा विभिन्न स्थानमा गर्नुपर्ने ट्रान्जिटका कारण नेपाली विद्यार्थी र अभिभावका साथै नेपाल जाने पर्यटकहरुले शास्ती खेप्दै आएका छन् ।

सिधा उडान सुरु भए अस्ट्रेलियाबाट नेपाल जाने हवाइ भाडा समेत घट्ने अपेक्षा गरिएको छ । सन् २०१९ सेप्टेम्बर ३० तारिखमा नेपाल–अष्ट्रेलिया बीच सिधा उडानका लागि द्विपक्षीय सम्झौता भएको थियो । दुई मुलुकबीच भएको सम्झौता अनुसार नेपाली वायुसेवाले अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसवेन, पर्थ गरी कुल चार गन्तव्यमा नियमित उडान गर्न सक्नेछन् ।

 

(Visited 22 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services