
सिड्नी । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले फिजीका लागि गैर आवासीय नेपाली राजदूतको रूपमा जिम्मेवारी बहन गर्ने भएका छन् ।
उनले गतहप्ता फिजीका राष्ट्रपति रातु विलियम माइवालिली काटोनिभेरे समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएसँगै दुईदेशको जिम्मेवारी लिएका हुन् ।ओहोदाको पत्र हस्तान्तरण समारोहमा राजदूत पोखरेलाई गार्ड अफ अनरको सम्मान समेत प्रदान गरिएको थियो।
ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजदूत पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको सन्देश सुनाउदै फिजी सरकार तथा जनताको प्रगतिको कामना गरेका थिए । राष्ट्रपति काटोनिभेरेले भने आफ्नो नेपाल भ्रमण र पर्वतीय उडानको अनुभवलाई स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका थिए।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services