ढोरपाटन रनिङ कप भबिलल प्रतियोगिताको तयारी तीब्र
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

सिड्नी । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा हुने चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ को तयारीलाई तीब्र पारिएको छ ।एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ आगामी अक्टोवर १ तारिख अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता जनाउने निश्चित भएको आयोजकले जनाएको छ । सहभागी टोलीलाई दुई पोलमा विभाजन गरिएको छ ।

पुरुषतर्फ पोल ‘ए’ मा दि गुर्खा स्पोर्ट्स युथ क्लब, म्याग्दी काली युनाइटेड अस्ट्रेलिया, छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए), सनराइज युथ क्लब र जलजला परिवार अस्ट्रेलिया रहेको छ ।पोल ‘बी’ मा ढोरपाटन क्लब अस्ट्रेलिया, मोना म्याग्दी, गल्कोट समाज अस्ट्रेलिया, पोखरा भलिबल क्लब र गोल्डेन ब्वाइज युथ क्लब अस्ट्रेलियाको सहभागिता छ ।महिलामा ढोरपाटन क्लब अस्ट्रेलिया, मोना म्याग्दी र पोखरा भलिबल पोल ‘ए’ मा तथा छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) र म्याग्दी काली युनाइटेड पोल ‘बी’ मा रहेको छ ।

पुरुषतर्फको विजेताले २ हजार ६ सय ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ६ सय ५० अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।यस्तै महिलातर्फको विजेताले १ हजार ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ५ सय ५० अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

महिला र पुरुष दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुषतर्फको उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर र लिवेरोले ट्रफी प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।नेपाल भलिबल संघ अस्ट्रेलियाको सहकार्यमा हुन लागेको ढोरपाटन रनिङ कपलाई एएलडी कर्पोरेट र केओईले मुख्य प्रायोजन तथा ग्लोबल कन्सल्टलगायत विभिन्न कम्पनी तथा व्यक्तित्वहरुले प्रायोजन गरेको छ । (साभार हाम्रो खेलकुद डटकम) 

(Visited 48 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services