सिड्नी । अष्ट्रेलियास्थित न्यू साउथ वेल्स राज्यका लागि अवैतनिक महावाणिज्यदुत दिपक खड्काले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।
लामो समयदेखि महावाणिज्यदुत रहेका खड्काले अस्ट्रेलियामा नेपाली समुदायको सेवाको अवसर दिएकोमा दुतावास र नेपाल सरकारलाई धन्यबाद समेत दिएका छन् । खड्काले केही महिना अघि नै दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका थिए ।
उक्त राजीनामा स्वीकृत भएसँगै उनले औपचारिक रुपमा जानकारी गराएको बताईएको छ । उनले जानकारी गरेको विज्ञप्तिमा आगामी अक्टोबर १० तारिखबाट नर्थ सिड्नीमा रहेको महावाणिज्यदूतको कार्यालय समेत बन्दहुने उल्लेख।
© 2023. All rights reserved. Designed By: HK Web Services