मोना अस्ट्रेलियाद्धारा विजेतालाई पुरस्कार वितरण
प्रकाशित मितिः10 months ago

सिड्नी । अस्ट्रेलियामा रहेका म्याग्देलीहरुको साझा संस्था मोना, अस्टेलियाले जिल्लाको पर्यटकीय संभावनाको खोजी र उजागरका लागि आयोजित फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ ।

सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बीच, सामाजिक सञ्जाल फेसबुक मार्फत आयोजित फोटो प्रतियोगितामा विजयी, गणेश गुरुङ (सुरेन), दोश्रो स्थान हासिल गर्ने अनुप बानियाँ, तेस्रो स्थानका भविन्द्र शाही र सान्तवना स्थान प्राप्त गर्ने रेन्जिसा श्रेष्ठलाई नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको हो । विजयी सहभागिहरुलाई क्रमश रु. २० हजार, १० हजार, पाँच हजार र तीन हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ ।

सो अवसरमा, बेनीमा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी समेत गरिएको थियो । मोना अस्ट्रेलियाका सदस्य एवम् कार्यक्रम संयोजक बाबुराम शर्माले कार्यक्रमलाई भव्य र सफल बनाउन सबैमा धन्यबाद दिएका छन् ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services