
सिड्नी । रे पपर्टी गोक्यो हिरोज र भाइव्रेन्ट वेगनास स्टार, अस्ट्रेलियाको सिड्नीमा जारी दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेका छन् । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा दुईमहिना देखि जारी लिगमा रे पपर्टीज र भाइवेन्ट शीर्ष दुईमा रहँदै फाइनल भिडन्त पक्का गरेका हुन् ।
एनपिएलमा रे पपर्टी, भाइवे्रन्टसँगै पिरना से–फोकसुण्डो स्टाइर्कस् र मेरिट छोरोल्फा च्यालेञ्जर्स् गरि चार फ्रेन्चाइज टोलीले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । ६ खेलबाट रे पपर्टीज र भाइब्रेन्ट दुबैले ५ मा जित र एक मा हार सहित १०/१० अंक जोडेका थिए । तर, नेटरनरेटमा रे पपर्टीज अघि रहँदै लिगको शीर्ष टोलीको रुपमा फाइनल खेल्नेछ भने भाइव्रेन्ट दोश्रो स्थानमा रहँदै रे पपर्टीजसँगको भिडन्त पक्का गरेका हुन् ।

६ खेलमा मेरिट छोरोल्फाले २ मा जित र ४ मा हार व्यर्होदै ४ अंक जोडेको थियो भने साविक विजेता पिरनाका लागि भने दोश्रो संस्करण विर्सनलायक रह्यो । ६ खेलमा जितविहिन हुदै पिरनाले यस सिजन टुग्याएको छ । दुई उत्कृष्ट टोलीको फाइनल भिडन्त २४ सेप्टेम्बरमा हुने आयोजक एनसीएएका अध्यक्ष करण श्रेष्ठले जानकारी दिए ।

एरलउडस्थित बिमेन पार्कमा हुने फाइनलमा दुबै टोलीका समर्थकहरुको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ ।‘फ्रेन्चाइज रुपमा आयोजना गरिएको एनपिएललाई हामीले यसपटक थप व्यवस्थित बनाएका छौँ, फाइनललाई अझ भव्य बनाउन लागि परेका छौँ’ अध्यक्ष श्रेष्ठले भने ।

फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको एनपिएलमा सहभागि चारै टोलीले अघिल्लो संस्करणमा आफ्नो टोलीबाट खेलेका ३ खेलाडीलाई गोल्ड र ३ खेलाडी सिल्भर क्याटोगरिमा रिटेन गर्नुका साथै अन्य आवश्यक खेलाडीहरु अक्सजन मार्फत अनुबन्धन गरेका थिए ।एनपिएलमा विजेता, उपविजेतासहित व्यक्ति विधामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई गरि २५ हजार डलर पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services