टेस्टी म:म कप भलिबलको सेमीफाइन समिकरण पूरा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

सिड्नी । पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा सञ्चालित टेस्टी म:म कप भलिबल प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ । टेस्टी म:म नेप्लिज रेष्टुरेन्टसँगको सहकार्य र प्रायोजनमा नेपाली भलिबल एशोसिएशन पश्चिम अस्ट्रेलियाले सेप्टेम्बर १० देखि सुरु गरेको पुरुष तथा महिला भलिबल प्रतियोगता अन्तरगत पुरुषतर्फ लिग चरणबाट नेपाल युथ क्लब, काठमाडौँ युनाइटेड क्लब, टेस्टी म:म रेष्टुरेन्ट र वाइयुडब्लुए सेमीफाइनमा प्रवेश गरेको हो ।

प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको थियो । एशोसिएशनका अध्यक्ष, राम थापाले सेमीफाइनलमा काठमाडौँ युनाइटेड क्लब र वाइयुडब्लुए तथा नेपाल युथ क्लब र टेस्टी म:म रेष्टुरेन्टबीच भिडन्त हुनेछ । सेमीफाइनल र फाइनलका खेलहरु १७ सेप्टेम्बरमा सञ्चालन हुने अध्यक्ष थापाले जानकारी दिए । पर्थ आसपासका क्षेत्रमा रहेको नेपाली समुदायका भलिबल खेलाडी र समर्थकलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिताको अन्तिम दिन पुरुष भलिबलको सेमीफाइन र फाइनका साथै, महिला भलिबलको फाइनल, म: म खाने र म्यूजिकल चियर प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ विजेतालाई ट्रफी, प्रमाणपत्रका साथमा एक हजार डलर र उपविजेताले ट्रफी, प्रमाणपत्रका साथमा ५ सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services