ओरेन्ज क्षेत्रका नेपाली एकजुट, वीरेन्द्र मल्लको अध्यक्षतामा समिति गठन
प्रकाशित मितिः3 years ago

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तरगत ओरेन्ज क्षेत्रमा बशोवाश गर्ने नेपालीहरु एकजुट भएका छन् । त्यसक्षेत्रका नेपाली समुदायहरुको आइतबार बसेको एक भेलाले सामाजिक अभियन्ता वीरेन्द्र मल्लको अध्यक्षतामा ओरेन्ज नेप्लिज कम्यूनिटी गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा अर्जुन पन्थ, महासचिबमा किरण पाण्डे, सचिबमा सुनिता सापकोटा, कोषाध्यक्षमा अमित थापा, सहकोषाध्यक्षमा अश्मा पौडेल रहेका छन् ।त्यस्तै सदस्यहरुमा, कविन्द्र खड्का, भुषण शर्मा, नरेश थापा, विमल कडेल, रुद्र घले, विजय थापा, बिमल शर्मा, अनुप गुरुङ, राजेश लामा र नारायण कंडेल चयन भएका छन् ।

भेलाले डा. डिल्ली बञ्जाडे, यशोदा घर्ति दुलाल र गोपाल लामा रहेको तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ भने कानुनी सल्लाहकारमा कलपित पराजुली चुनिएका छन् । समितिले विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै सामुदायिक उत्तरदायित्वको क्षेत्रमा काम गर्ने योजना बनाएको नवनिर्वाचित अध्यक्ष मल्लले जानकारी दिए ।

(Visited 505 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services