दयनिय अवस्थाका चेपाङलाई टिएनसीएको सहयोग
प्रकाशित मितिः11 months ago

सिड्नी ।दयनीय अवस्थामा गुजारा गरिरहेका चितवनको जुगेडी संघर्षका योद्धा गोफले चेपाङ गोपाललाई तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टीएनसीए) ले सहयोग हस्तान्तरण गरेको छ । दैनिक जीवनयापनमा राहत होस् भन्ने उद्देश्यले टीएनसीएको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत सहयोग गरिएको टीएनसीएका अध्यक्ष कमल भण्डारीले जानकारी दिए । (टीएनसीए) ले चेपाङलाई लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएको उनले बताए ।

पञ्चायती व्यवस्थाका समयमा वि.सं २०३४ सालमा तत्कालीन बामपन्थी नेता रूपलाल विश्वकर्माले जुगेडीमा ‘साहु महाजनविरूद्ध’ गरेको संघर्षमा सहभागी भएका व्यक्ति हुन् गोफ्ले चेपाङ । सो घटनापछि प्रहरीले गरेको कारबाहीमा दुई जना चेपाङको घटनास्थलमै ज्यान गएको थियो । गोफ्ले चेपाङ पक्राउ परेर सात वर्ष जेल बसेका थिए ।

चितवनको उत्तरी पहाडी गाउँ मायाटारमा बसोबास गर्दै आएका गोफ्ले चेपाङको दयनीय अवस्थाबारे कान्तिपुर दैनिकमा गत असार ६ मा विस्तृत समाचार प्रकाशित भएको थियो । ‘समाचारबाट चेपाङको दयनीय अवस्थाबारे जानकारी पाएपछि सहयोग गरेका हौँ, आगामी दिनमा यस्ता अभियानलाई जारी राख्नेछौँ’, अध्यक्ष भण्डारीले भने । चेपाङ समुदायको मुख्य पर्व छोनामको सन्दर्भ पारेर बिहीबार सहयोग सामग्रीहरू टीएनसीएका पुनम पन्तको उपस्थितिमा गोफ्ले चेपाङलाई हस्तान्तरण गरिएको थियो । उनलाई लत्ता कपडाका साथै खानेकुरा उपलब्ध भएको स्थानीय टीका गुरूङले जानकारी दिएकी छन् ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services