त्रिविले माग्यो ५० स्टाफ नर्स
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्स मागेको छ।शुक्रबार सूचना प्रकाशित गर्दै त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी ५० जना स्टाफ नर्सका लागि आवेदन मागेको हो।

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएका १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिलाहरूले आवेदन दिन सक्नेछन्। पुरूषहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

आवेदन दिन असोज ६ गतेसम्मको समय निर्धारण गरिएको छ। आवेदनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सकिनेछ ।

अनलाइनबाट भरिने फारामको दस्तुर असोज ४ गतेभित्र हिमालयन बैंकमा रहेको संस्थानको खातामा जम्मा गर्न भनिएको छ।परीक्षा असोज १३ गते हुनेछ। परीक्षाको समय र परीक्षा केन्द्र भने पछि प्रकाशन हुने संस्थानले जानकारी दिएको छ।

(Visited 19 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services