नौ जनालाई अनेसास नवरत्न पुरस्कार
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २ सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो ।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको बैठकले उक्त निर्णय गरेको हो ।समितिको निर्णयअनुसार अनु शाह, आचार्य प्रभा, ज्योति राई, मञ्जु कार्की,माया गुरुङ , रितादेवी प्रधान, शान्ता घिमिरे, डा सङ्गीता स्वेच्छा र सुनिता डङ्गोललाई पुरस्कृत गरिने भएको छ ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services