नेपाल उपविजेता बन्दै सेमीफाइनलमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

एजेन्सी । मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएको छ । वर्षाको कारण टस पनि हुन नसकेपछि दुबै टोलीले एक एक अंक बाँडेका छन् । योसँगै समूह ए बाट युएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

समूह ए मा युएई ५ खेलमा ९ अंक र नेटरनरेट ३.३३९ का साथ शीर्ष स्थानमा रह्यो । नेपाल समान खेल र नतिजाका साथ ९ अंक भएपनि नेटरनरेट २.१८४ हुँदा दोस्रो स्थानमा रहेर सेमिफाइनल खेल्नु पर्यो ।

नेपालले अव समूह बी को विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ ।उता समूह बी मा हङकङ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । थाईल्याान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । हङकङ र थाईल्यान्डबीच बिहान ११ : १५ मा खेल हुनेछ ।

उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनल खेल्नुपर्ने हुन्छ । नेपालले समूह चरणमा मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले हराएको थियो ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services