सिड्नीमा तीज धमाका, एलिनाले नचाउने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

सिड्नी । हिन्दुनारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज अस्ट्रेलिया र राखु समाज अस्ट्रेलियाको संयुक्त सहकार्य तथा इभेन्स् वाइ रोयलको प्रस्तुतीमा तीज धमाका २०२३ आयोजना हुने भएको छ । प्रवासीमा नेपाली समुदाय बीच एक आपसमा भाइचाराको विकाससहित हरितालिका तीजको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इभेन्स् रोयलका प्रबन्धक निर्देशक विजन मल्ल चार्लीले जानकारी दिए ।

उनले कार्यक्रममा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् । सिड्नी ग्रानभिलस्थित रातोघरमा सेप्टेम्बरमा ९ मा आयोजना हुने कार्यक्रममा चर्चित गायिका एलिना चौहानसहित निशा केसी, आइएमइ लोकस्टार शनि विश्वकर्मा तथा डान्सर सम्झना मल्लले विशेष साँगेगितक र साँस्कृतिक प्रस्तुती दिनेछन् ।

रोयलले अस्ट्रेलियामा रहेका म्याग्दीको राखुबासीको साझा संस्था राखु समाज र ठुकरी समाजसँग सहकार्य गरेर पहिलोपटक कार्यक्रम आयोजना गर्न लागेको हो । बेलुकी ६ बजेदेखि सुरु हुने कार्यक्रममा प्रवेश शुल्क भने ५० डलर राखिएको छ । राखु समाज र ठकुरी समाजले सिड्नीमा विभिन्न अवसरमा भलिबल प्रतियोगिताका साथै म्याग्दीमा परोपकारीको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

(Visited 55 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services