रविलाई भेट्न भारतीय राजदूत रास्वपा मुख्यालयमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय वनस्थलीमा पुगेर राजदूत श्रीवास्तवले सभापति लामिछानेसँग भेटवार्ता गरेका हुन् ।

भेटमा मूख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने कुरा सभापति लामिछानेले राखेका छन् ।

उक्त भेटमा पार्टीका तर्फबाट महामन्त्री डा।मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधि सभा सदस्य माननीय शिशिर खनाल र प्रतिनिधि सभा सदस्य मनिष झा पनि सहभागी थिए ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services