एनआरएनए अध्यक्षमा विनयको उम्मेदवारी
प्रकाशित मितिः1 year ago

काठमाडौं । बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपालमा थुप्रै व्यवसाय सञ्चालन गरिरहेका उनी गोरखाको फुजेलमा जन्मिएका हुन् । अहिले उनी बेलायतको क्याम्रिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी गर्दैछन् । संघको ११औं महाधिवेशन १७ अक्टोबरदेखि सुरु हुँदैछ ।

उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको समेत भूमिका रहने भन्दै त्यसमा आफूले पहल गर्ने बताएका छन् । विकासको मूल प्रवाहमा गैरआवासीय नेपालीलाई आवद्ध गर्न राष्ट्रिय योजना आयोगसँग सहकार्य गर्ने उनको भनाइ छ ।

विदेशमा पढिरहेका विद्यार्थीलाई इन्टरसिपमा नेपाल पठाएर ज्ञान र सीपको उपयोग गर्ने वातावरण बनाउने समेत उनले बताए । आफ्नो उम्मेदवारी निर्वाचनसम्म कायम रहने भन्दै उनले सोही अनुसार निर्वाचनमा होमिएको बताए ।

(Visited 58 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services